विराटनगरमा निस्कियो राँके जुलुस

विराटनगरमा निस्कियो राँके जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा आज साँझ विराटनगरमा राके जुलुस निस्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी (अनेरास्ववियु) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको हो ।

विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका युवा नेता पारुल क्षेत्रीले (भोली) बिहिबार तोकिएको देशव्यापी आम हड्तालमा सरकारी गाडी आवतजावतमा पनि छुट नहुने चेतावनी दिएका छन ।

'आम हड्ताल शान्तिपूर्ण हुनेछ', नेता क्षेत्रीले भने, 'यदि हड्तालको अवज्ञा गत्दै सरकारी गाडी आवतजावत गरेमा हामी चाबी खोस्न पछि हट्दैनौ' ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्