पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी  विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ ।

भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सिनाका अनुसार साँझ करिब साढे ५ तिर पुर्वराजा आएका थिए । 'आफन्तले किनमेल गरेपनि उहाँले सबै तल्लामा पुगेर अवलोकन गर्नुभयो' तिम्सिनाले जानकारी दिए,'अवलोकन गर्दै पुर्वराजाले बजारको अवस्थालगायतको बारेमा जानकारी लिनुभयो ।'

भ्रमणबारे कुनै पुर्व-जानकारी नभएको बताउदै भ्रमणको क्रममा भएको अनौपचारिक कुराकानीमा आज काठमाडौं नै फर्कने योजना रहेको पुर्वराजाले बताएको तिम्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्