विराटनगरमा आमहड्तालको प्रभाव यस्तो छ (फोटो फिचरसहित)

विराटनगरमा आमहड्तालको प्रभाव यस्तो छ (फोटो फिचरसहित)

तस्वीर: प्रेम देवान, आवर विराटनगर/ सुजता लिम्बु

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज बिहीबार गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरमा स्कुटरहरु र मोटरसाइकलहरु सहजताका साथ चल्न पाइरहेका छन् भने चार चक्के सवारीहरु संचालनमा आएका छैनन् ।

प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध यसअघि देखिनै आन्दोलनरत दाहाल–नेपाल समूहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा हड्तालको आह्वान गरेको हो । हड्ताल सफल बनाउन भन्दै विराटनगरका चोकहरुमा बन्दकर्ता भेला भएका छन् । बिहानैदेखि सडकमा निस्किएका उनीहरु ठाउँठाउँमा बन्द गराउँदै हिँडिरहेका छन् । विराटनगरको बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक, मोरङको बूढीगंगास्थित बाँसबारी लगायतका स्थानमा बन्दकर्ता समूह–समूह बनाएर सडकमा निस्किएका छन् ।

बन्दकर्ताले ठाउँठाउँमा सुरक्षाकर्मीलाई छल्दै टायर बालेर प्रदर्शन पनि गरिरहेका छन् । यसैक्रममा विराटनगरको शनिमन्दिरमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । सुरक्षाकर्मीको हस्तक्षेपसँगै बन्दकर्ता पछि हटेपछि प्रहरीले आगो नियन्त्रणमा लिएर बाल्न तयारी अवस्थामा राखिएको टायर बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्