उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

<span class='c1'>उर्लाबारीबाट १८५ राउण्ड</span> <span class='c2'>गोली बरामद</span>

विराटनगर । मोरङ प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारबाट १८५ राउण्ड गोली बरामद गरेको छ । स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा काम गर्ने क्रममा गोली फेला परेको हो ।


मोरङ उर्लाबारी नगरपालिका १ का ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिक भित्र पोको पारेर राखिएको स्थानमा गोली फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । माटो मुनि लुकाईछिपाई राखिएको हातहतियारमा प्रयोग हुने ७.६२ एमएम साइजको गोली १८५ राउण्ड फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलिले बरामद गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीले गोली लुकाएर राखिएको स्थान आसपासमा हतियार समेत हुनसक्ने भन्दै त्यसका लागि आवश्यक अनुसन्धानको प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्