गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट पाँचजना पक्राउ

<span class='c1'>गाडी तोडफोड गरेको आरोपमा</span> <span class='c2'>विराटनगरबाट पाँचजना पक्राउ</span>

विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो ।

बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दावी छ । प्रहरीले जिल्ला सदस्य पारुल क्षेत्री, मिरा दाहाल, महानगर सचिवालय सदस्य सारदा मैलानीसहितलाई नियन्त्रणमा लिइएको छ । महिला नेतृहरुलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले अभद्र व्यवहार गरेको आरोप उनीहरुले लगाएका छन् ।

आन्दोलनको नेतृत्वमा गरिरहनु भएका नेकपाका नेता शिवकुमार मण्डलका अनुसार डिएसपी राईले महिलामाथि हिंसा हुने किसिमको गतिविधि गरेको भन्दै त्यसको भर्सना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्