धरानमा प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप, एकजना पक्राउ

<span class='c1'>धरानमा प्रदर्शनकारी र मजदुरबीच</span> <span class='c2'>सामान्य झडप, एकजना पक्राउ</span>

विराटनगर, माघ २२,
धरानमा बिहिबार प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ। प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो।

बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। उनले पछिल्लो समय अवस्था सामान्य रहेको जानकारी दिए।

यसैबिच प्रहरी उपरीक्षक थापाका अनुसार सुनसरीमा लामा र छोटा दुरीका सवारी सञ्चालनमा आएका छैनन्। बजार पसल भने छिटफुट रुपमा खुलेका छन्। कलकारखाना, स्कुल कलेज भने बन्द रहेका छन्।
तस्बिर: सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्