विराटनगरमा लायन्स क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसनको आयोजना तथा नेपाल कै ठुलो अनलाइन फार्मेसी नेप्मेड्स विराटनगरको सहयोगमा विराटनगरको रानीका बिभिन्न बिद्यालयमा अति आवश्यक प्राथमिक उपचार सामग्री वितरण गरिएको छ ।
विराटनगरका ५ वटा विद्यालयका बालबालिकाको निम्ति उक्त प्राथमिक उपचार सामग्री वितरण गरिएको नेप्मेड्सका व्यवस्थापक कल्याण राज कार्कीले बताए । उनले सामाजिक उत्तरदायित्व अनुरुप विराटनगर सहित प्रदेश नम्बर १ का बिभिन्न स्कुलमा सेनेटरी प्याड , प्राथमिक उपचार सामग्री हस्तान्तरण गर्ने जानकरी दिए ।
यस्ता अभियान अझै बिभिन्न स्कुलमा लगिने करीम फाउन्डेसनका निर्देशक सरफराज आलमले बताए । कार्यक्रममा आयोजक सस्थाका सदस्यहरु , बिद्यालयका व्यास्थापक , पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।
नेपमेड्स बिराटनगरको सहकार्यमा यस्ता सामाजिक काममा सधै साथ दिने लायन्स ग्लोबलका एडभाइजर जियादीन आलमले बताए ।
नेप्मेड्स विराटनगरले आफ्नो आउटलेट विराटनगर ९ ग्रीनक्रस अस्पताल छेउ तथा अनलाइनबाट औषधिको सेवा दिदै आएको छ ।
