कटहरीका किसानहरुको आवाज ‘समयमा खादमलको व्यवस्था गर’

<span class='c1'>कटहरीका किसानहरुको आवाज ‘समयमा</span> <span class='c2'>खादमलको व्यवस्था गर’</span>

विराटनगर । खेती गर्ने सिजनमा मल नपाएपछि मोरङको कटहरी गाउँपालिका भित्रका किसानहरू भेला भएर सरकारलाई समय मै खादमल उपलब्ध गराउन माग राखेका छन् ।


उनीहरूले राज्यले किसानलाई खेतीको बेला सहज रुपमा मलखाद र बिउ बिजन उपलब्ध गराउनुपर्ने माग राख्दै बुधबार कटहरी चौकमा अन्तक्रिया कार्यक्रम राखेका छन् ।
विरोध प्रर्दशनको नेतृत्व ग्रामिण नागरिक विकास समाज कटहरी २ का अध्यक्ष मो. निजाम खानले गरेका थिए । कार्यक्रममा बोल्दै उनले राज्यले खेतीको बेलामा मलखाद उपलब्ध गराउन नसक्दा किसानको उत्पादन घटने भएकोले आगमी दिनमा सहज रुपमा मलखाद र बिउबिजन उपलब्ध गराउन माग राखे ।


‘खेतीको सिजनको बेला चरम मलखादको अभाव हुने गरेको छ,’ उनले भने, ‘राज्यले बेलैमा किसानको मागको सुनवाइ गरिनुपर्दछ । बेलैमा किसानलाई आवश्यक पर्ने मल स्टक गरि राखिदिनुपर्दछ ।
चाहिएको बेलामा किसानलाई मल र बिउ बिजन दिनुपर्दछ ।’ कार्यक्रममा कटहरी २ का कृषक सत्यनरायण सिंहले तीन तहको सरकारले कृषि बजार व्यवस्थापन नगरिदिदा सस्तोमा कृषि उपज बिक्री वितरण गर्नुपरेको गुनासो गरे ।
कृषक सिंहले २ बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । स्थानिय सरकारले कृषि बजारलाई व्यवस्थापन नगर्दा बिचौलियाले बोलेको भाउमा तरकारी विक्री गर्नुपरेको गुनासो सुनाए । ‘१६ कठ्ठा क्षेत्रफलमा बन्दाकोपीको खेती गर्दै आएको छु,’ उनले सुनाए, ‘अहिले कटहरी बजारमा व्यवस्थित कृषि बजार संचालनमा नपाउँदा ५ रुपैयाँ केजी बन्दाकोपी विक्री गर्नुपरेको छ ।’ व्यवस्थित रुपमा कृषि बजार भएको भए स्थानिय उत्पादन कृषि बजारमा लगेर विक्री गर्ने उनले बताए ।


कटहरीका अर्का कृषक धर्मलाल सिंहले बास्तबिकले किसानले अनुदान र कर्जा नपाउने गरेको गुनासो पोखे । ‘अहिले बास्तबिक किसानले राज्यले दिन अनुदान र कृषि कर्जा पनि नपाउने गरेको समस्या रहेको छ,’ उनले भने, ‘बैंकमा कृषि कर्जा लिन जाँदा धेरै झनजटिलो र थुपै्र बाधा अडचनहरू रहेको छ । यसमा नेपाल राष्ट्रिय बैंकले समन्वयकारी भूमिका खेलिदिनुपर्दछ ।’ किसानले पाउने कृषि कर्जा सहज रुपमा उपलब्ध गराएर कृषकको लगानीको वातरणको सुरक्षा राज्यले गरिदिनुपर्ने उनले बताए ।
कार्यक्रममा कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले किसानले उत्पादन गरेको तरकारी बजारिकणको लागि स्थानिय सरकारले पहल गर्ने बताए । उनले आधुनिक खेती प्रणालीमा जोड दिदै कटहरी गाउँपालिका भित्रका कृषकहरुलाई बिउ बिजन पनि दिदै आएको बताए । कार्यक्रममा सगरमाथा युवा क्बलका अध्यक्ष प्रकाश मण्डलले राज्यले किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको विक्री वितरणको लागि बजारिकणको भूमिका खेलिदिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्