बेलबारीका कृषकलाई कृषि उपकरण

बेलबारीका कृषकलाई कृषि उपकरण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषियन्त्रिक उपकरण बितरण गरेको छ । एक कार्यक्रमका विच शुक्रबार नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई कृषि यन्त्रिक उपकरण पावर टिलर,मकै थ्रेसर र गोला सहितको माहुरीको घार बितरण गरेका हुन ।

कृषकहरुलाई ब्याबसायिक कृषिमा जोड दिनका लागि कृषि उपकरण बितरण गरीएको नगर प्रमुख सुवेदीले बताए । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने उदेश्यले कृषकहरुलाई सहयोग गरेको मेयर सुवेदीले बताए ।

एक वडा एक उत्पादनको निति लिएको नगरपालिकाले १० थान पावर टिलर,२० थान मकै छोडाउने ९मकै०थ्रेसर,गोला सहितको ६० घार माहुरी तथा ६ थान मिनिटिलर बितरण गरीएको कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए । कृषि यन्त्रिकरणहरु ब्याब्सायिक कृषक समुह, फर्म हरुलाई प्राथमिकताका आधारमा बितरण गरीएको दाहालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्