सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकको बैठक स्थगित

<span class='c1'>सत्तापक्षका सांसदले अवरोध गरेपछि</span> <span class='c2'>प्रदेश एकको बैठक स्थगित</span>

विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो।

प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो ।
उक्त कार्यसूची अनुसार सदन सुरु भएको थियो । यद्यपि सदनमा राष्ट्रिय गान सकिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाए । मुख्यमन्त्री शेरधन राईले दलको नेताको हैसियतमा निलम्बन गर्नुभएका सांसदहरुलाई प्रवेश दिन नहुने भन्दै सदन चल्न नसक्ने उनीहरुको भनाइ थियो । सभामुख प्रदीपकुमार भण्डारीले दुई पटक बस्न आग्रह गर्नुभएको भएपनि नबसेपछि आजको संसद स्थगित गर्दै संसदको अर्को बैठक आगामि फागुन ९ गते बस्ने घोषणा गर्नुभएको थियो ।

संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले सभामुख भण्डारी र सरकारबीचको अवैध साँठगाँठ र सेटिङका कारण सदन बन्धक बनेको बताउनु भयो ।
नेकपा प्रचण्ड–माधव पक्षका सांसद इन्द्रबहादुर आङ्बोले सत्तापक्षले सहमतिको लागि कुनै परामर्श नगरेको र आफूहरुसँग पनि कुनै परामर्श नगरी सभामुखले मुख्यमन्त्रीको आयु लम्ब्याउन गरी भएको कदम गलत भएको प्रतिक्रिया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्