विराटनगरमा मारवाडी प्रिमियर लिग हुदै, विजेता टिमलाई ४१ हजार नगद सहित ट्रफि

विराटनगरमा मारवाडी प्रिमियर लिग हुदै, विजेता टिमलाई ४१ हजार नगद सहित ट्रफि

विराटनगर । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको मारवाडी प्रिमियर लिगको आठौँ संस्करण विराटनगरमा हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले आईतबार विराटनगरमा पत्रकार सम्मेनको आयोजना आगामी फागुन ५ गतेबाट सुरु हुने जनाएको छ । आगामी फागुन ८ गते सम्म हुने प्रतियोगिता विराटनगर २ स्थित शंकरपुर मार्ग, विराट नर्सिङ होम पूर्वको खाली जमिनमा हुने कार्यक्रम संयोजक मनिस अग्रवालले जानकारी दिनुभयो ।

आगामी फागुन ५ गतेदेखी विराटनगरमा हुन गईरहेको आठौँ संस्करणको मारवाडी प्रिमियर लिग हुने बारे जाजकारी गराउदै आयोजक टिम ।
तस्वीर:प्रेम देवान /आवर विराटनगर

प्रतियोगितामा नेपाल अग्रवाल युवा मंच, महेश्वरी युवा मंच, ओस्वाल युवा मंच, नेपाल मारवाडी ब्राह्मण युवा मंच, मेँठ्र स्वर्णकार युवा मंचका टीमले सहभागिता जनाउने अगैवालले बताउनुभयो । प्रतियोगितामा ५ वटा टिमले १० खेलहरु खेल्नेभएका छन् साथै खेलहरु अंकको आधारमा खेलि सकेपछि फाइनल प्रतियोगिता फागुन ८ गत्ते सोही स्थानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी टीमलाई ट्रफी सहित नगद रु, ४१ हजार , दोस्रो हुनेलाई ट्रफी सहित नगद रु, १५ हजार प्रदान गरिने भएको छ । त्यसैगरी हरेक खेलका म्यच अफ द म्याच घोषणा गरी खेलाडीलाई ट्रफीका साथ रु, २१ सय का दरले नगद प्रदान गरिने जनाएको छ । त्यसैगरी खेलको म्यान अफ सिरिजलाई ट्रफीका साथ नगद ५१ सय प्रदान गरिने भएको छ । प्रतियोगिताको प्रबर्धनका निमित्त फागुन ४ गत्ते दिउँसो ३ बजे देखि अतिथि सदनबाट मोटरसाइकिल रयाली समेत आयोजना गरिने आयोजकले जनाएको छ ।


मारवाडी युवाहरु बीच खेलकुद प्रति अभिरुचि जगाई राख्न यस्ता प्रतियोगिताहरू आगामी दिनमा पनि निरन्तरता दिईने नेपाल अग्रवाल युवा मंचका प्रथम उपाध्यक्ष प्रदिप अग्रवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्