बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । तेह्रथुमको लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् ।
आइतबार बिहान ११ बजेको समयमा लिम्बुले घरायसी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

घटना भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्