विराटनगरमा बिद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” हुने

<span class='c1'>विराटनगरमा बिद्यार्थीको लागि “बिजनेस</span> <span class='c2'>स्किल ह्याकाथोंन” हुने</span>

विराटनगरमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" हुने भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा विराटनगरमा माघ ३० गते शुक्रबारको दिन उक्त कार्यक्रम हुने भएको हो ।
कार्यक्रम बिराटनगर ५ भृकुटी चोकमा रहेको मेरिल्याण्ड कलेजमा आयोजना हुने आइएनजी स्किल एकेडेमी काठमाडौंका प्रमुख कार्यकारी निखिल राज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सहभागिता जनाउन फारम भर्नु पर्ने र कुनै शुल्क बिना नै सहभागिता जनाउन सकिने पनि श्रेष्ठले बताए ।

उक्त एक दिने कार्यक्रममा कक्षा १२ पास गरेका बिद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । जीवनउपयोगी बिभीन्न वर्कशप सहितको कार्यक्रममा बिधार्थीलाई सर्टिफिकेट समेत प्रदान गरिने छ। विशेषगरी बिजनेस पढ्ने विद्यार्थीको निम्ति यस बिजनेस स्किल ह्याकाथोंन उपलब्धिमुलक हुने श्रेष्ठले बताए ।
कार्यक्रम बिहान ९ बजेदेखि ५ बजे सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्