डिजेल तस्करको निसानामा असई माझी, नाकै भाँचने गरी आक्रमण

डिजेल तस्करको निसानामा असई माझी, नाकै भाँचने गरी आक्रमण

विराटनगर । मोरङमा तस्करी मौलाएसँगै प्रहरीले नियन्त्रणमा लिन थालेको कदम विरुद्ध तस्करहरु आक्रमणमा उत्रिएका छन् । जिल्लाको पूर्वी–दक्षिण क्षेत्रदेखि भारततर्फ डिजेल तस्करी गर्ने समूहले मझारे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रामकुमार माझीमाथि नै आक्रमण गरेका हुन् । डिलेज तस्करी गर्ने समूहले माझीलाई आक्रमण गर्र्दा गर्दा नाकको हड्डी नै भाँचिएको छ ।
माझीको नाकको हड्डी भाँचिनुका साथै दुवै आँखामा चोट समेत लागेको छ । मरणाशन्न हुनेगरि आक्रमण गर्ने योजनासहित तस्करहरुले असईलाई शरिरका विभिन्न भागमा हिर्काएका थिए । गत शनिबार रातीको घटनापछि घाइते माझीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

डिजेल तस्करी भइरहेको सूचनापछि घटनास्थलमा पुगेको बेला आक्रमण गरिएको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । माझी जहदा गाउँपालिका ५ लक्ष्मीनीयाको एनसेल टावरनजिक को १४ प ७६३ नम्बरको मोटरसाइकलमा डिजेल बोकेर गइरहेको तस्कर समूहलाई रोक्न पुगेका हुन् । त्यस क्रममा मोटरसाइकल चालक जहदा ७ का २१ वर्षे बब्लु साहले आक्रमण गरेका थिए ।

साह त्यस क्षेत्रबाट हुने डिजेल तस्करको नाइके हुन् । साहले भरिया प्रयोग गरि मोरङको पूर्वी दक्षिण सीमा नाका हुँदै डिजेल तस्करी गरि भारत तर्फ लैजाने गरेका छन् । ‘तस्करीको डिजेल बरामद गरेपछि साहले प्रहरी सहायक निरीक्षक माझीको ज्यान लिने उद्देश्यले आक्रमणको प्रयास गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । आक्रमणमा उत्रने साह प्रहरी नियन्त्रणमा रहेका छन् । डिजेल तस्करी भइरहेको सूचना आएपछि माझीले तत्काल कार्यालयको बा २ ब ५६२८ नम्बरको मोटरसाइकलमा हतियारै नबोकी घट्नास्थल पुगेका थिए । साहले मोटरसाइकलमा ५०÷५० लिटरको तीन वटा ड्रममा १ सय ५० लिटर डिजेल भारततर्फ लगिरहेका थिए ।

पक्राउ परेका साहले भने अरुनै ठानेर आक्रमण गरेको बताएका छन् । डिजेल, पेट्रोल नेपालभन्दा भारतमा महँगो भएकाले शुरक्षाकर्मी, पेट्रोल पम्प र नेपाल आयल निगम प्रदेश १ कार्यालयको सेटिङमा तस्करी हुँदै आएको छ । पछिल्लो समय रानी क्षेत्रका केहि पेट्रोलपम्पले समेत डिजेल तस्करी गर्ने लाइन खोलेका छन् । सीमा क्षेत्रमा खुलेका पेट्रोलपम्पबाट भारत जाने इन्धन तस्करीमा आयल निगमका कर्मचारीको समेत संलग्नता रहेको जानकारको दावी छ । सीमा क्षेत्रमा तस्करीको लाइन चलाउनेहरुले प्रहरीको संकेत नपाउँदा छट्पटाउन थालेका छन् । असोजमा एक बखत सेटिङमा खुलेको लाइन त्यसपछि बन्द जस्तै छ । भित्रभित्र बाहेक प्रहरीसँगको खुल्ला सेटिङमा तस्करी रोकिएको दावी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्