विराटनगरबाट दशलाख बराबरको प्रतिबन्धित औषधीसहित दाजुभाई पक्राउ

विराटनगरबाट दशलाख बराबरको प्रतिबन्धित औषधीसहित दाजुभाई पक्राउ

विराटनगर । दशलाख मूल्य भन्दा बढी रकमको प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट २ जना औषधी व्यवसायी पक्राउ परेका छन् ।


विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको हो ।
दुई दाजुभाईले नेपालमा प्रतिबन्धित औषधी भारतबाट चोरी पैठारी गरेर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले नियन्त्रणमा लिइएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।


प्रहरीले मण्डलको कोठाबाट प्रतिबन्धित औषधी, औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर प्रिन्ट गर्ने मेशिन समेत बरामद गरेको छ । प्रहरीले ७९ प्रकारका औषधी उनको कोठाबाट बरामद गरेर आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभागमा बुझाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्