चिठ्ठा परेको भन्दै ठगी गरेको ८ लाख बढी रकम गोबरको थुप्रोबाट बरामद

चिठ्ठा परेको भन्दै ठगी गरेको ८ लाख बढी रकम गोबरको थुप्रोबाट बरामद

विराटनगर । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् ।

पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ बाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क.को साथबाट नगद तिन लाख छपन्न हजार सात सय दश रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रबाट दुई लाख आठ हजार दुई सय रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा आठ लाख तिस हजार तिन सय पाँच रुपैयाँ गरी जम्मा तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र रुपैयाँ नगद बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्