विराटनगर विमानस्थलको भीआईपी कक्ष प्रवेशमा कडाई गरिने

विराटनगर विमानस्थलको भीआईपी कक्ष प्रवेशमा कडाई गरिने

विराटनगर । बिराटनगर बिमानस्थलमा भीभीआईपी र भीआईपीको आगमन हुँदा स्वागतका लागि पुग्ने दलका कार्यकर्तालाई अब भित्री परिसर प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । राजनीतिक दलहरुमा बढ्दो असमझदारीसँगै विशिष्ट व्यक्तिहरुको सुरक्षा चुनौतीका कारण विमानस्थलको भीआईपी कक्षमा कार्यकर्तालाई प्रवेश रोक लगाउने तयारी गरिएको हो ।

बिराटनगरमा सोमबार आयोजित एक छलफल कार्यक्रममा निश्चित मापदण्ड बाहेकलाई प्रवेशमा रोक लगाउनुपर्नेमा जिल्लास्थित दलका नेताहरुले समेत समर्थनसहितको सुझाव दिएका हुन् । संवाद समुह मोरङले बिराटनगर बिमानस्थलको ब्यवस्थापनको बारेमा गरेको छलफलमा मोरङका राजनीतिक दल तथा प्रशासनले भिड ब्यवस्थापनको लागि कडाई गर्ने सहमती गरेका हुन् ।

२०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ बैशाख १६ पछिको परिपत्रले बिमानस्थलमा भिआईपीकिो स्वागतको लागि ५ जना मात्र जान मिल्ने भनी उल्लेख भएकोले त्यसलाई पुर्ण कार्यान्वायन गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण बिराटनगरका प्रमुख उत्सब खरेलले जानकारी दिए । नेपाल सरकारले जारी गरेको राजपत्रमा प्रकाशित भएको भन्दा अहिले केही परिमार्जन भएर आएको छ, त्यसलाई कार्यान्वायनमा कडाई गर्ने बारेमा दलहरुसँग सहमती भएअनुसार कार्यान्वायनमा जाने उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कानुन भएर पनि कार्यान्वायनमा केही लचक भएको प्रशासनले भिआईपीको पहिचानमा नै समस्या भएपछि कडाई गर्न लागिएको बताए । ‘स्वागतको लागि भिआईपीमा जाने भन्दापनि भित्र सेल्फी खिच्न जाने गरेको पाईएको छ, उनले भने, त्यसलाई ब्यवस्थापन गर्नको लागि कुनै समस्या छैन, कडाईका साथ कार्यान्वायनमा लैजाने हो ।’ स्वागतको लागि धेरै जना भिआईपीको कक्षमा जाँदा भिआईपीहरुलाई नै न्याय गर्न नसकेको जस्तो देखिएकोले त्यसको लागि दलहरुले सहयोग गर्नु पर्ने बताए ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले भिआईपी कक्ष नै साँगुरो रहेको कारण अत्याधिक भिड बढ्दा जुनसुकै बेला जस्तो सुकै घटना हुनसक्ने भएकोले त्यसलाई कडाई गर्नु पर्ने बताए । ‘बिराटनगर बिमानस्थलको भिआईपीले १५ जना भन्दा बढी धान्न सक्ने अबस्था छै, उनले भने, भिआईपीको स्वागतमा जाँदा धेरै नेता तथा कार्यकर्ता जाँदा त्यहाँ निगरानीमा नै समस्या हुने भएकोले कडाई गर्नुको बिकल्प छैन ।’ एसपी खड्काले निगरानीका बिमानस्थल प्रशासन पनि प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिए ।
छलफलमा नेकपाका नेता ऋषिकेश पोखरेल, नेकपाका नेता महेश रेग्मी नेपाली का्रग्रेसका नेता जिल्ला सचिव मोदराज घिमिरे,
जसपा अध्यक्ष राजकुमार यादव, राप्रपाका नेता दिनेश साह तथा टंक गुरागाईले भिआईपीको सुरक्षाको दृष्टिले मापदण्ड विपरितको प्रवेशमा रोक लगाउनुपर्ने सुझाव दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्