ताप्लेजुङ ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

<span class='c1'>ताप्लेजुङ ओलाङचुङगोला केन्द्रविन्दु भएर</span> <span class='c2'>५.४ रेक्टर स्केलको भूकम्प</span>

फुङ्लिङ , माघ २७

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताएका छन् ।

फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिएअनुसार, ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति भने हुन् पाएन। घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिए ।

-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्