सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–१ मा को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सोमबार दिउँसो ठक्कर दिएपछि उपचारका क्रममा उनको मृत्यु भएको हो । स्कुटर चालक बेलवारी–४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका–९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका–९ का ३९ बर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्