तीन जिल्लाबाट लागुऔषध ब्राउनसुगर सहित ११ जना पक्राउ

<span class='c1'>तीन जिल्लाबाट लागुऔषध ब्राउनसुगर</span> <span class='c2'>सहित ११ जना पक्राउ</span>

झापा । झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट ११ जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिइएको छ । झापामा दुईजनालाई ब्राउनसुगर र उदयपुरका ९ जनालाई विभिन्न प्रकारको लागुऔषधसहित नियन्त्रयणमा लिइएको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका–६ का २४ बर्षीय सुरज खड्कालाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(६ बाट स्थानीय २८ बर्षीय प्रकाश लिम्बुलाई १८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

उदयपुर र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका(६ जलजलेबाट त्रियुगा नगरपालिका(१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका-१४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका-१३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिसेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले डाइजेपाम -१९ एम्पुल, फेनारागन -१९ एम्पुल, लुपिजेसिक -१९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ । यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका-१२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरकै कटारी नगरपालिका-८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका-३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई धरान उप-महानगरपालिका-१३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्