पूर्वन्यायाधीश पाण्डेको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त

<span class='c1'>पूर्वन्यायाधीश  पाण्डेको निधनप्रति</span> <span class='c2'>सर्वोच्चद्वारा दुःख व्यक्त</span>

काठमान्डू , माघ २७
सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व. न्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० साल फागुन ९ गते जन्मनुभएका पाण्डेले २०५१ साल माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभएको र २०५२ साल चैत ७ गते स्थायी पदमा नियुक्त हुनुभएको थियो । उहाँ २०५५ साल फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त हुनुभएको थियो ।

अन्तर्राष्ट्रिय देवानी र फौजदारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायका ज्ञाता हुनुहुन्थ्यो उहाँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्