विराटनगरमा उद्योग रहेको डीजिलाइफ़को मास्क अन्तराष्ट्रिय बजारमा

<span class='c1'>विराटनगरमा उद्योग रहेको डीजिलाइफ़को</span> <span class='c2'>मास्क अन्तराष्ट्रिय बजारमा</span>

विराटनगर
विराटनगरमा उत्पादन हुने डिजिलाइफका मास्कहरु नेपाल अधिराज्यका साथै अन्तराष्ट्रिय बजारमा समेत निर्यात भइ बिक्रि हुने गरेको छ । सिनर्जी हाईजिनले उत्पादन गरेका यसका ३ प्लाई र केएन ९५ मास्कहरुले अन्तराष्ट्रिय बजार पाउन थालेको हो । यस उद्योगले ISO 9001-2015 गुणस्तर मापदण्ड प्राप्त गरेको छ ।

कोभिड- १९ विरुद्ध सुरक्षा प्रदान गर्ने यस्ता मास्कको उत्पादन तथा बिक्रि वितरण गर्नका लागि अन्तराष्ट्रिय मापदण्डहरुमा आधारित भई उच्च गुणस्तरीय मास्कहरुको उत्पादन गर्ने गरेको सिनर्जी हाइजिनले जनाएको छ । यसका लागि उत्पादनका लागि कार्यरत कर्मचारी तथा कामदारहरुले फ्याक्ट्री भित्र प्रवेश गर्नु अघि निर्मलीकरण गर्ने ,हातमा पन्जा ,मुखमा मास्क अनि अनुहारमा फेस शिल्ड लगायतको सुरक्षा मापदण्डको प्रयोग गर्नुपर्ने देखि लिएर उत्पादनमा गुणस्तरीय पदार्थको प्रयोग गर्ने गरेको सिनर्जीले जानकारी दिएको छ ।
यसै गरि निर्माण प्रकृयालाई धुलो, धुवामुक्त बनाउन उद्योगलाई पूर्ण रुपले एयर कन्डिसन गरिएको छ भने छ। साथै पुर्ण स्वचालित मेसिनहरुको प्रयोगबाट मास्कहरुको उत्पादन हुनेगरि हातको कम प्रयोग गरिने गरेको उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्