केराबारी सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ गोरु प्रहरीको नियन्त्रणमा

केराबारी सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ गोरु प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी–५ सतिसालेबाट ट्रकमा लोड गरिएका ६७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय केराबारीले ना ६ ख ६१३२ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएको हो ।


नियन्त्रणपछि अनुसन्धान गर्दा सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतले अवैध रुपमा गोरु तस्करी गरेर ल्याएको खुल्न आएको प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । ठेकेदार बस्नेतले केराबारी–८ का डोरबहादुर बिकसहित नौजनाको व्यवसाय गर्दाको रकम समेत तिर्न बाँकी रहेको खुल्न आएको छ । प्रवक्ता राईका अनु्सार नियन्त्रणमा लिइएको गोरु थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्