विराटनगर–४ ले राख्यो डिजिटल डिस्प्ले

<span class='c1'>विराटनगर–४ ले राख्यो</span> <span class='c2'>डिजिटल डिस्प्ले</span>

विराटनगर । वडा कार्यपालिकाले गर्ने सेवाप्रवाह र मौसम पूर्वानुमानको जानकारी दिने उद्देश्यसहित विराटनगर–४ वडा कार्यालय अगाडी डिस्प्ले बोर्ड राखिएको छ । वडावासीहरुलाई सूचना प्रवाहिकरणमा सहयोग पुग्ने उदेश्यका साथ डिजिटल डिस्प्ले वोर्ड स्थापना गरिएको हो।

वडा कार्यलयको भवन अगाडी स्तम्भ बनाएर उक्त डिस्प्ले राखिएको हो ।डिस्प्लेमा हालको तापक्रम, वडाका सूचना ,कार्यालयबाट हुने सेवा प्रवाहिकरणका विषयहरु हेर्न सकिने वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिनुभयो । सेवाग्राहीहरुलाई सहजताका लागि उक्त डिस्प्ले राखिएको वडाध्यक्ष पोखरेलले बताए । यसका अलावा डिस्प्लेमा विभिन्न विज्ञापन समेत हेर्न सकिने बताइएको छ । यसबाट सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्