इटहरी । इटहरी उपमहानगरमा अपाङ्गगता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा एक हजार १०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
प्रत्येक वडाका अपाङ्गगता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ । माघ १८ गते वडा नम्वर २को पूराणचौकमा अपाङ्गगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम समन्वय समिति संयोजक उपमेयर लक्ष्मी गौतमले उदघाटन गर्नुभएको थियो ।त्यसपछि नौ दिनसम्म वडा वडाका पायक पर्ने स्वास्थ्य केन्द्र तथा स्थानहरुमास्वास्थ्य शिविर संचालन गरिएको हो ।
स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइएको छ । हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार सुरुमा सर्भे गर्दा इटहरीमा १८सय अपाङ्गगता भएका ब्यक्ति पाइएको थियो । यो स्वास्थ्य शिविरवाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ । उहाँहरुको परिचय पत्रका लागि सूचिकृत गरिएको छ ।
छुटेका ब्यक्तिहरुको परिचय पत्र वनाएर वडा वडा वाट वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो । उपमेयर गौतमका अनुसार स्वास्थ्य शिविरवाट थप उपचार गर्नुृपर्ने ब्यक्तिहरुलाई रेफर गरिएको छ । सेतो छडि,हिवल चेयर,कृतिम अंग प्रदान गर्नुृपर्नेहरुको सूचि तयार गरिएको छ उहाँहरुलाई ती समाग्री प्रदान गरिएको छ । आफनै गाँउ ठाँउमै स्वास्थ परीक्षण गर्न पाउदा अपाङ्गगता भएका ब्यक्तिहरु उत्साहित भएका छन ।