बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण थाल्यो

बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण थाल्यो

विराटनगर, माघ २८
विराटनगरको बरगाछी स्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो।
बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्योगी तथा व्यवसायी महेश जाजु, देवेनरा ग्रुपका संञ्चालक प्रकाश मुन्दडा र रिजाल ग्रुपका अध्यक्ष नविन रिजालले संयुक्त रुपमा सञ्चालनमा ल्याएका थिए ।

निजि क्षेत्रबाट सञ्चालीत अत्याधुनिक सुविधा सहितको ल्याबले पहिले भने १७ सय ५० रुपैयाँमा पीसीआर परिक्षण गर्दै आएको थियो तर सवैलाई सहज, सहुलियत र सस्तो शुल्कमा कोरोना परिक्षण गराउने उद्देश्यले सो ल्याबले सोमबार देखि पीसीआर परिक्षण शुल्क घटाएर एक हजार रुपैयाँ मात्र लिन थालेको हो ।
प्रदेश १ का जनताको स्वास्थ्यलाई ख्यालमा राख्दै आफुहरुले सस्तो मुल्यमा पीसीआर परिक्षण गरि ढुक्क रहन सकुन भनेर कोरोना परिक्षण मूल्य घटाएको ल्याबका व्यवस्थापक शरद रेग्मीले जानकारी दिएका छन्। रेग्मीले भने , हाम्रो ल्याबमा अत्याधुकि प्रविधिबाट दक्ष विषेशज्ञहरु द्वारा परिक्षण गरिन्छ र यसको रिपोर्ट पनि हामिले एकै दिनमा दिने गरेका छौ । साथै उनले सबैजनालाई परिक्षण गराई ढुक्क हुन समेत आग्रह गरेका छन् ।
ल्याबमा परिक्षण गर्न र बृस्तृत विवरण बुझ्नका लागि निम्न लिखित मोबाइल नं. ९८५२६७७७६६, ९८५२०८८१८० सम्पर्क गर्न सकिने छ भने [email protected] मा इमेल गरेर समेत सम्पर्क गर्न सकिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्