जहदाकी बालिका बलात्कारमा संलग्न खोज्दै प्रहरी

जहदाकी बालिका बलात्कारमा संलग्न खोज्दै प्रहरी

प्रेम देवान

विराटनगर । मोरङको जहदा गाँउपालिका १ र विराटनगर १८ को सिमामा पर्ने राजवंशी टोलकी बालिकामाथि भएको बलात्कारमा संलग्नहरुको खोजीमा मोरङ प्रहरी लागी परेको छ । गत सोमबार राती घरबाट बाहिर सौच गर्न निस्कीएकी १४ बर्षीया बालिकालाई अपहरण शैलीमा मोटरसाईकलमा लगेर एकान्त ठाँउ मकैबारीमा बलात्कार गरिएको थियो ।

पीडित परिवारले घटना भएको भोली पल्टै ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दिईसकेका छन् । घटनामा संग्लन आशंका गरिएका जहदा गाँउपालीका वडा नम्बर १ लङका टोल बस्ने २२ बर्षिय जितेश कुमार यादव र सोही ठाँउका २१ बर्षिय अजय वैठालाई ईलाका प्रहरी कार्यालय रानी विराटनगरले खोजतलास गरिहेको छ ।
घटनामा संग्लन भनिएका व्यक्तिहरु भने अहिले फरार छन् । ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको टोलीले बालिका माथी भएको घटना स्थलमा पुगेर थप अनुसन्धान अगाडी बढाएको छ ।

शौच गर्न निस्कीएकी बालिकालाई प्रयोग गरिएको मोटरसाईकल स्थानिय उदिचन्द यादवको घरमा छाडेर फरार भएका छन् । हाल उक्त मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । २ जनाले पालैपालो आफुमाथी बलात्कार भएको पिडित बालिकाले बताएकीछिन् । बलात्कार भएका बारे कसैलाई भने मारिदिन्छु सम्म भनेको ती बालिकाले प्रहरी समक्ष सुनाएकी छन् । यता घटनामा संग्लनलाई जतिसक्दो खोजतलास गरी कारबाहीको दायरामा ल्याउनुपर्ने पिडित छरछिमेकीले आवाज उठाउदै आएका छन् ।

पिडित बालिकाको मंगलबार स्वास्थ्य चेकजाँच गरिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । रिर्पोट आउने भने केही समय लाग्ने उहाँले बताउनुभयो । घटनामा आशका गरिएका व्यक्तिहरुको घर बोर्डर नजिकै भएका कारण भारत तर्फ भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर घटनामा संग्लनहरुको पहिचान भइसकेका कारण भारतमा भए पनि प्रहरीले दोषीहरुलाई नछाड्ने प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो । हाल माईती नेपालको सरक्षरणमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्