विराटनगर । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ ।
अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा रामधुनी नगरपालिका–१ का १९ बर्षीय आकाश चौधरी र २० बर्षीय अम्बर चौधरीलाई पक्राउ गरेको हो ।
चोरी गरी लाँदै गरेको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।