विराटनगरका औषधी पसलमा छ्यापछ्याप्ती खाद्य पुरक सामाग्री, विभागको छापा

विराटनगरका औषधी पसलमा छ्यापछ्याप्ती खाद्य पुरक सामाग्री, विभागको छापा

विराटनगर । औषधी व्यवस्था विभागमा दर्ता नभएको खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) औषधी विराटनगरका औषधी पसलमा छ्याप–छ्याप्ती भेटिन थालेपछि औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिइएको छ । विभागले विराटनगरको फार्मेशीहरुमा अनुगमन गरि ठूलो परिमाणमा दर्ता नभएका न्युट्रासिटिकल्स औषधी बरामद समेत गरेको हो ।

विभगाले विराटनगर ९ स्थित युनिटी ड्रग हाउसमा अनुगमन गरि दर्ता नभएको २९ प्रकारका न्युट्रासिटिकल्स ६ कार्टुन बिहीबार बरामद गरेको थियो । यस्तै विराटनगर ९ रंगेली रोडमा रहेको हेमगिरी मेडिकोबाट ३ प्रकारका दुई कार्टुन न्युट्रासिटिकल्स बरामद गरेको छ । यस्तै विभागले लाइफ फार्मेसी र सिद्धी बिनायक फार्मेशीदेखि पनि न्युट्रासिटिकल्स बरामद गरेको छ ।

विराटनगरका आधा दर्जन औषधी पसलहरू अनुगमन गरि विभागले बिहीबार सप्लिमेन्ट र न्युट्रासिटिकल्स औषधीहरू बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिब शर्मा कट्टेलले बताउनुभयो । यस्ता सामाग्री विरामीलाई सिफारिस गरेको पाइए कानून अनुसार कारवहीको दायरमा ल्याउनेछौं ।’ यस्ता औषधि बिक्रीवितरण भएको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारवाहि हुने कटेलले बताउनुभयो ।
यता औषधी व्यावस्था विभागले विराटनगरका विभिन्न फार्मेसी तथा औधषी सप्लार्यबाट खाद्यपुरक सामाग्री बरामद गरेपछि औषधी व्यावसायीहरुले सडकमा कै विभाग विरुद्ध चर्को नाराबाजी गरेका थिए । औषधी व्यावसायीहरुले कोशी अस्पताल सम्म पुगेर औषधी व्यावस्था विभाग विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा स्वीकृत गरेको भएपनि औषधी व्यवस्था विभाग दर्ता नभएपछि खुद्रा औषधी व्यावसायीहरु मार परेको एपोलो फार्मेसीका संचालक धनराज काफ्ले गुनासो गर्नुभयो । सरकारले की त यसको आयातमा नै रोक लगाउनुपर्यो र डाक्टरले विरामीलाई सिफारीस गर्न बन्द गर्नुपर्यो अनिमात्र यसको समस्याको सामाधान हुने काफ्ले भनाई छ ।

यता खाद्य विभागमा दर्ता भएको छ तर औषधी विभागमा दर्ता नभएको कारण खाद्य प्रविधी विभाग र औषधी विभागको असमजदारी भएका कारण आफुहरु दोधारमा परेको हिमगिरी मेडिकोका संचालक शुशिलचन्द्र अटलले गुनासो गर्नुभयो । डाक्टर विरामीलाई सिफारीस गर्दै पठाउने उता औषधी विभागले बेच्न नहुने अनि फेरी खाद्य विभागले बेच भन्ने गरेका कारण आफुहरु अन्यौलमा परेको अटलको भनाई छ ।
विभागमा दर्ता नभएका यस्ता औषधीहरू विराटनगरका ठूला हस्पिटलका चिकित्सकले विरामीलाई प्रेस्काइब गर्ने गरेको अनुगमनको क्रममा पाइएको छ । न्युट्रासिटिकल्सको नाममा औषधि जस्तो देखिन त्यस्ता समागीहरुप्रति विरामी भ्रममा पर्ने भएको यस्ता सामाग्री सिफारि नगर्न विभागले निर्देशन गरेको हो । औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख शर्माले कोशी अस्पताका सुपरिटेन्डेन डा। चुमनलाल दासलाई भेटेर दर्ता नभएका औषधी सिफारिस नगर्न ध्यानर्षण पत्र पनि बुझाएको छ ।

यता कोशी अस्पतालका मेसु चुमनलाल दासले औषधी व्यावस्था विभागमा दर्ता नै नभएका औषधी तथा खाद्य पुरक सामाग्री चिकित्सकले विरामीलाई सिफारीस गरिएको भेटिए तत्काल रोक्ने बताउनुभयो । अस्पतालका सम्बन्धी विभागाका प्रमुखलाई यो विषयबारे तत्काल निर्देशन दिने मेसु दासले आवर विराटनगर बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्