विराटनगरबाट चारकेजी गाँजासहित दुईजना पक्राउ

विराटनगरबाट चारकेजी गाँजासहित दुईजना पक्राउ

विराटनगर । मोरङ प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ले विराटनगर–१५ हुलास मेटल नजिकबाट चार केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ ह ७२४१ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा कार्टुनमा लुकाएर राखिएको चार केजी गाँजा बरामद गरेको हो ।

प्रहरीले सुनसरी इटहरी–५ का ५२ वर्षीय तेजबहादुर राई र अटो चालक पदमबहादुर राईलाई समेत त्यस क्रममा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । उनीहरुले नेपालबाट अवैध रुपमा भारत लैजादैं गरेको गाँजा बरामद गरिएपछि लागु औषध कसुरमा थप अनुसन्धान भईरहेको थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्