पर्सा , बिरगंज प्रहरीले गएराति कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२५ सिर्सिया बस्ने रामा साह भनिने २४ वर्षीय उपेन्द्र साह रहेका छन। शाहलाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारेको हो। शाह बिआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका थिए ।
उनलाई मोटरसाइकल सहित पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।