विराटनगरको म्याक्समा विरामीको मृत्यु, चिकित्सकको लापवाही आरोपमा आफन्त आक्रोशित

विराटनगरको म्याक्समा विरामीको मृत्यु, चिकित्सकको लापवाही आरोपमा आफन्त आक्रोशित

विराटनगर । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको जहदा गाउँपालिका ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा शनिबार विहान मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका हुन् ।


बिरामीका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पताल अगाडि नाराबाजी गरेका थिए । उनीहरूले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुको साथै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै अस्पताल अगाडि नाराबाजीमा उत्रेका हुन् ।
आफन्तले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल अगाडी मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ । गत पुस १६ गते रन्जनाले खाना पकाउने क्रममा शरिरको विभिन्न भाग जलेको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशीमा उपचार नहुने भएपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भएपनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको बिरामीका देवर विरेन महतोले जानकारी दिए ।


कमिसन पाउने चक्करमा एम्बुलेन्स चालकले म्याक्स पु¥याएको उनीहरुको आरोप छ । अस्पतालमा करिब डेढ महिना उपचार ग¥यौं । अहिलेसम्म १२ लाख रुपैयाँ सकियो । तर, भाउजुको स्वास्थ्यमा कुनै सुधार आएन, विरेनले भने, उपचारका लागि १७ धुर जग्गा बेचेर र चन्दा संकलन गरेर रकम जुटाएका थियौं ।

हस्पिटल र चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको छ, शुक्रबार दिउँसोसम्म राम्रोसँग बोलेको भाउजुको शनिबार बिहान मृत्यु भएको हस्पिटलका कर्मचारीले जानकारी दिएका हुन् । लापरवाही गर्ने चिकित्सकलाई कारवाही नभएसम्म शव नबुझ्ने उनीहरुले अडान राखेका थिए । मृतकको चार वर्षको छोरी र २ वर्षको छोरा छ । यता हस्पिटल प्रशासनले विरामीको मृत्युको विषयमा कुनै जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्