आज ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवस

आज ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवस

विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फैलिएको छ ।
यसैको नमूनाको रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेब्रअरीका दिन भ्यालेन्टाइन डे मनाइईदै आइएको छ । विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।
यसले नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिइन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने विश्वास गरिन्छ । आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेम कहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।
भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन छ । यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो।
प्रणय दिवस नेपालमा पनि प्रेमि–प्रेमिकाहरुको लागि भनेर विभिन्न ठाउँहरुमा स्पेशल पार्टीको समेत आयोजना गरिएको छ भने कलेजमा प्रेम पत्र लेखन प्रतियोगीताको आयोजना गरिएको छ ।
भ्यालेन्टाईन डे संस्कृती की बिकृती
नेपाली तन्नेरीहरुको मन आज बहसमा रहको हुदैन आजको प्रेम दिवस मनाउने योजना एक हप्ता अगाडी देखी नै तय भएको हुन्छ । कहां जाने ? के गर्ने र कस्तो उपहार दिने उनीहरु पुर्ब तयारी हुन्छ ।
पश्चिमा मुलुकहरुमा सबै उमेर समुहका मानिसहरु यो दिवस मनाउ“छन् । तर नेपालमा भने युवा पुस्तामा मात्र यो दिवसको चर्चा देखिन्छ । विशेषगरी किशोरावस्थाका युवा युवती, प्रेमी–प्रेमिका, दम्पतीहरुका बिचमा पनि प्रेम प्रस्ताव राख्ने गरेको पाईन्छ । अनी मायँ“ साटासाटको उमङ्ग यो दिवसमा देखिन्छ


मोबाइल, फेसबुक जस्ता प्रविधिबाट अनेकौं प्रेमी, प्रेमिका बनाउने चलन बढेको छ । युवाको नजरमा राम्री युवती त युवतीको नजरमा पैसावाल युवक पर्ने गेको देखिन्छ । यसले प्रेम निक्कै सस्तिएको छ ।
हुन त सबैलाई एउटै टोकरीमा हाल्न मिल्दैन तर अधिकतमको जिवनमा यो प्रसङग मेल खान्छ । जसको कारण भ्यालेन्टाईनको नाममा विकृती फैलदै गएको छ ।
यो परम्परालाई तोडेर सच्चा प्रेम गर्ने वातावरण्ँ बनेको खण्डमा पक्कै पनि भ्यालेन्टाईन दिवस प्रेममय हुनेछ । सच्चा प्रेम गरौं । प्रेमलाई फेसन नबनाऔं । भ्यालेन्टाईन डेको सबैलाई शुभकामना †††

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्