विराटनगर ।
मोरंगको लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङ लेटाङ–२ बस्ने ६७ बर्षीय साईकलयात्री रत्न बहादुर श्रेष्ठ रहेका छन्। साईकलयात्री श्रेष्ठलाई मोरङको सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएअनुसार गम्भिर घाईते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपरान्ह ५ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक धनकुटा साघुरिगढिका २९ बर्षीय अमिर राई नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।