विराटनगरको मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” सम्पन्न

विराटनगरको मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” सम्पन्न

विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" सम्पन्न भएको छ ।
आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा बेलायतको बिआइबिएम पढाइ हुने कलेजमा सम्पन्न कार्यक्रममा कक्षा १२ उतिर्ण्र् १ सय १० बिद्यार्थीको सहभागिता रहेको कलेजका अपरेसन तथा बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले बताए ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई बिभिन्न १० समुहमा बिभाजन गरी कार्य दिइएको थियो भने सबैभन्दा अब्बल समुहलाई कलेजका प्रमुख कार्यकारी डा ऋषिकेश वाग्लेले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न बिजनेस योजना सहितको प्रस्तुति गरेका थिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिआइबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्