मिस एण्ड मिस्टर विराटनगरको अडिसन हुँदै

मिस एण्ड मिस्टर विराटनगरको अडिसन हुँदै

विराटनगर । मिस एण्ड मिस्टर विराटनगर अडिशन आगामी मंगलबार हुने भएको छ । स्रष्टा नेपालको आयोजनामा विराटनगरमा उक्त प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि सो प्रतियोगिताको पहिलो अडिसन हुने जानकारी गराएका हुन् । पहिलो अडिसनबाट छनौट भएका किशोर किशोरीहरू फाइनलको लागि छनौट हुनेछन् । प्रतियोगिताको दोस्रो अडिसन फागुन ८ गते हुनेछ । दुवै अडिसन विराटनगरमा हुनेछ । प्रतियोगितामा १५ देखि २५ वर्ष उमेरका अबिवाहित युवा, युवातीहरूले भाग लिन पानेछन् ।

दुवै अडिसनबाट उत्कृष्टहरू फाइनलमा २५÷२५ जना छनौट गरिने तयारी गरेको निर्देशक रोनक अग्रवालले जानकारी दिए । प्रतियोगिताको फाइनल चैतमा हुनेछ । बिजेता हुने मिस्टर र मिसले जनही ५१ हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । सो प्रतियोगिताको कारोरियोग्राफर पूर्वेली सुपर मोडलका बिजेता मोनिला लिम्बुले गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्