सरकारको तीन वर्ष पूरा, प्रधानमन्त्रीले आज ‘प्रेस ब्रिफिङ’ गर्दै

सरकारको तीन वर्ष पूरा, प्रधानमन्त्रीले आज ‘प्रेस ब्रिफिङ’  गर्दै

काठमाडौं
बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन बर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।

झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास , सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो ।

तीनै नीति तथा कार्यक्रमको जगमा रहेर राष्ट्र र जनता हितका पक्षमा विभिन्न कार्यहरु भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमित भएको नेपालको भूमी समेटिएको नयाँ नक्शा राष्ट्रिय सहमतिमा जारी भएको छ ।

नेपालको अखणडता र स्वाधिनताको पक्षमा सरकारले गरेको यो एक ऐतिहासिक काम थियो । भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

रेलमार्ग तथा सडक पूर्वाधार लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणकार्य प्रभावकारी रुपमा अघि बढ्दै छन् । जेष्ठ नागरिकको सम्मान तथा किसान मजदुर वर्गको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि सारिएको छ ।

नेपालको विद्युत निर्यात गर्न विद्युत प्रसारण केन्द्रहरको विस्तार लगायत भष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने दिशामा भईरहेका कामहरुको आधारमा सरकारको तीन बर्षलाई हेर्नुपर्ने देखिन्छ ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन बर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज प्रेस ब्रिफिङ गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भर्खरै प्रवलीकरण पश्चात पुनस्थापित गरिएको सिंहदरवारस्थित पुरानै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज विहान ११ बजे गर्नुहुने ‘प्रेस ब्रिफिङ’ कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । -नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्