विराटनगर ११ का वडाध्यक्षद्वारा कोरोनाविरुद्धको खोप लगाउन अस्विकार, जनतासँग मात्र लगाउने घोषणा

विराटनगर ११ का वडाध्यक्षद्वारा कोरोनाविरुद्धको खोप लगाउन अस्विकार,  जनतासँग मात्र लगाउने घोषणा

विराटनगर

विराटनगर महानगरपालिका वडा ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले कोरोनाभाइरसबिरुद्धको खोप नलगाउने बताएका छन् । आम जनताले खोप लगाउन नपाएसम्म आफुले खोप नलगाउने घोषणा गरेका छन् ।

वडाध्यक्ष न्यौपानेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् । सरकारले अहिले कोरोनाभाइरस विरुद्धको खोप जनप्रतिनिधिहरुलाई लगाउने भन्दै घोषणा गरेसँगै विराटनगर महानगरपालिकाले खोप लगाउन बोलाएको वडाध्यक्ष न्यौपानेले बताए । ’निम्तो आयो तर आउदिन भनिदिए । जनताले लगाउन पाएपछि आफु पनि उनीहरुसँगै लगाउनेछु । उनले आवर विराटनगरलाई बताए ,'जुन दिन राज्यले सम्पूर्ण देशवासी जनताका लागि खोप लगाउन सुरु गर्छ ,म पनि त्यसै दिन मात्र लगाउछु’ ।
उनले आफुले स्वेच्छाले नै यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

सरकारले फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ लगाउन थालेको छ। प्रदेश १ ले पनि सोहि अनुरुप खोप लगाउन थालेको बिराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन्। उनले भने ,'पहिलो श्रेणिमा हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,एम्बुलेन्स चालक, शव व्यवस्थापक, सफाई कर्मचारीहरुलाई खोप लगाएका थियौ भने अहिलेको यो दोश्रो श्रेणीको खोप अभियानमा प्राथमिकताको आधारमा सरकारका जनप्रतिनिधिहरु, बैंक कर्मचारीहरुलाई खोप लगाइने छ। साथै अबको ३ महिना भित्रमा सबै आम सर्वसाधारणहरुले यो खोप लगाउन पाउने कार्कीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्