प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिम

<span class='c1'>प्रहरी परिवारका लागी सिपमुलक</span> <span class='c2'>सिलाई कटाई तालिम</span>

बिराटनगर । प्रदेश प्रहरी कार्यालय बिराटनगरले बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर र अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा सिपमुलक सिलाई कटाई तालिम सुरु गरेको छ । क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ६ महिना अवधीको सिलाई कटाई तालिमको समुदघाटन प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले गर्नु भएको हो ।

पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय–आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकाशमा टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको उहाँले बताउनु भएको छ । यस भन्दा अगाडी आठौं समुहसम्म उक्त सिलाई कटाई तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप नवौ समुहको तालिमलाई विपत ब्यबस्थापन गुल्म चन्द्रगढीबाट समेत संचालन गरिएको हो ।

दुबै स्थानमा आजबाट संचालन हुने तालिममा २१ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्