ईलाम । ईलाम ईलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।
मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोमबार साँझ सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगरतर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।