झापा ।
झापा बुद्धशान्ती–३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन ।
हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।