आज देशभर सरस्वती पुजा विधिवत रुपमा मनाइदै

<span class='c1'>आज देशभर सरस्वती पुजा</span> <span class='c2'>विधिवत रुपमा मनाइदै</span>

विराटनगर ।
माघ शुक्ल पञ्चमिका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व अर्थात सरस्वती पुजा आज विराटनगरमा पनि उल्लासका साथ मनाइदै छ । आजको दिन देवी सरस्वतीको पुजा आराधाना गरि मनाइने गरिन्छ ।

आजको दिन विशेष गरि विद्यालयहरुमा सरस्वती देवीको पुजा भव्यताका साथ गर्ने गरिन्छ ।
सरस्वती पुजाको दिन अक्षारम्भ गर्नाले सर्वसिद्ध प्राप्तहुने धार्मिक मान्यता छ । आजको दिन विवाह, व्रतबन्ध, बेलविवाह गर्नु उत्तम मानिन्छ भने आजको दिन शुभकार्य गर्दा साहित जुराउनु नपर्ने धार्मिक विश्वास छ ।
सरस्वती पुजा गर्दा नैवेद्यका रुपमा दुध,दही,नैनी, जल,नरिवलको जल, वयर,बेल,धानको लाभा आदि चडाई पुजा गरिन्छ ।
तर विश्वभर फैलिएको कोरोनाको कारण यसपालिको सरस्वति पुजामा गत बर्षको तुलनामा मन्दिर परिसर, विद्यालयहरुमा मानिसहरुको उपस्थिति न्यून देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्