विराटनगरबाट हिमालयन बिन ब्यागको उत्पादन सुरु

<span class='c1'>विराटनगरबाट हिमालयन बिन</span> <span class='c2'>ब्यागको उत्पादन सुरु</span>

विराटनगर ।

प्रदेश नम्बर १ मै पहिलो पटक विराटनगरमा बिन व्याग उत्पादन सुरु भएको छ । पुस २ गतेबाट विराटनगर १० स्थित बंगलामुखि मार्गबाट 'हिमालयन बिन व्याग' नामक कम्पनी सञ्चालनमा आएको हो ।

५० लाख लगानीमा सुरु भएको यस कम्पनीलाई स्वेता तुलाधरले सञ्चालनमा ल्याएका हुन् । बिन व्यागभित्र थर्मोकोल हालि उत्पादन गरिने हुँदा आरामदायी हुने गर्छ । बिन व्याग उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जापानबाट ल्याएर व्याग तयार गर्ने गरेको हिमालयन बिन व्याग कम्पनी सञ्चालिका स्वेता तुलाधरले बताइन् ।
अन्य कुर्सी, सोफाको लुतनामा आरामदायी हुने बिन व्यागको माग प्रदेश १ मा हुने गरेता पनि खरिद गर्नको लागि काठमाण्डौ नै पुग्नु पर्ने बाध्यता थियो भन्छिन् तुलाधर,‘बिन व्यागको प्रयोगकर्ता भएता पनि यहाँ उत्पादन नभएका कारण उपभोक्ताहरुले सजिलै उपभोग गर्न पाइरहेका थिएनन् । उक्त कुरालाई मध्यनजर गर्दै हामीले सहज रुपमा उपभोक्ता समक्ष पुर्याउने लक्ष्यका साथ काम गर्न सुरु गरेका छौं ।’

हाल अनलाईन माध्यमद्धारा बिक्री गरिदै गरेको बिन व्यागको केही समय पछाडी स्वरुम सञ्चालनमा ल्याउने तयारी भइरहेको तुलाधरको भनाई छ । हाल ७ जना कर्मचारी रहेको यस कम्पनीले सहुलियत दरमा बिन व्याग बिक्री गर्ने भएकाले यसको माग पनि राम्रो भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्