पुरुषलाई करणी आरोपमा पक्राउ परेका दुईजना पुरुष त्यसै छाडिए

<span class='c1'>पुरुषलाई करणी आरोपमा पक्राउ परेका</span> <span class='c2'>दुईजना पुरुष त्यसै छाडिए</span>

झापा, पुरुषमाथि अप्राकृतिक करणी गरेको आरोपमा पक्राउ परेका झापामा दुईजनालाई छोडिएको छ । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले पक्राउ गरेकाहरुलाई छोडेको हो ।

कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि गत शनिबार अप्राकृतिक करणी भएको थियो। घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका थिए । करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो ।

पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिएका छन्। १८ वर्ष मुनिका बालक भएमात्रै अप्राकृतिक करणीमा कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा नचलेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्