विकासमा दल विशेष पूर्वाग्रह रहँदैन : मेयर चौधरी

विकासमा दल विशेष पूर्वाग्रह रहँदैन : मेयर चौधरी

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताउनु भएको छ । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकासमा कुनै असर नगर्ने बताउनुभएको हो ।

उहाँले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको वताउनुभयो । प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर विकास भइरहेको जानकारी दिनुभयो । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गर्नुभयो ।

उहाँले वडा कार्यालर्य भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने बताउनुभयो । वडा नं ९ का भूपेन्द्र बरालले वडा कार्यलय भवन निमाण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो । जिल्ला समन्वय समितका सदस्य चिरञ्जिवि बस्नेतले भवन निर्माण समयमै सक्नुपर्नेमा जोड निर्देशन दिनुभयो । ७२ लाख २९ लागतमा बन्ने वडा कार्यलय भवनका लागि समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा वडा सदस्य गणेश केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्