तीनटोलियामा सामुदायिक भवनको तयारी

<span class='c1'>तीनटोलियामा सामुदायिक</span> <span class='c2'>भवनको तयारी</span>

सामुदायिक भवन बनाउने योजनासहित विराटनगर–१० मा तीनटोलिया समाज सेवा कार्यसमिति गठन गरिएको छ ।

तीनटोलियावासीको शनिबार सम्पन्न भेलाले डिगेन्द्र राउतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुदीप(दीपक) आचार्य, सचिवमा कमल राय र कोषाध्यक्षमा संगीता गिरी चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा सागर सापकोटा, सागर दाहाल, अप्सरा न्यौपाने, सुनिता देवकोटा, कृष्ण सापकोटा, वेदकुमारी दाहाल, लक्ष्मी पोखरेल, उत्तम ढुंगेल, रामहरि गिरी, प्रमोदकुमार ढकाल र दीपबहादुर खापुङ चयन भएका छन् ।

त्यस्तै भेलाले वडा नम्बर १० बाट निर्वाचित जनप्रतिनिधिहरूलाई संरक्षक सदस्यमा चयन गरेको प्रवक्ता अर्जुन गिरीले जानकारी दिए ।

भेलाले सात सदस्यीय महिला कार्यसमिति पनि चयन गरेको छ । महिला कार्यसमितिमा सिर्जना घिमिरे, सुमी चौंलागाई., सुष्मा कोइराला, तासा राउत, विभा दास, रञ्जना मेहता र सरिता खत्री चयन भएका छन् ।

सोही क्रममा आठ सदस्यीय सल्लाहकार समितिको पनि चयन गरिएको तीनटोलिया समाज सेवा समितिका प्रवक्ता गिरीले जानकारी दिए ।

उनका अनुसार, सल्लाहकार समितिमा प्रा.डा.खगेन्द्र आचार्य, ऋषिराम अधिकारी, लव घिमिरे, लक्ष्मण थापा, मुकुन्द दाहाल, गोपाल ढकाल, अम्लेश कर्ण र राजेश मास्के चयन भएका छन् ।

यसअघि आयोजित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले वडामा सामुदायिक भवन बनाउने प्रयासमा आफ्नो सक्दो सहयोग हुने वचनवद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा उनले आफ्नी आमाको नाममा समितिलाई रु एक लाख ११ हजार सहयोग गर्ने घोषणा गरे । समाज उपयोगी काममा आफ्नो जहिले दिउँदिउँ लाग्ने स्वभाव भएको उल्लेख गर्दै मेयर पराजुलीले भने– ‘म अहिले नै आमाको नाममा रु एक लाख ११ हजार रकम दिने घोषणा गर्दछु ।’

उनले विराटनगर–१० तीनटोलिया मिश्रित समुदायको संसारमै अनुपम नमूना भएको पनि चर्चा गरे । ‘यहाँजस्तो सबै जातजाति मिलेर बसेको समुदाय सायद संसारमै कम होला’ उनले भने । उनले नगरको अन्य वडाभन्दा वडा नम्बर १० पूर्वाधार विकासको हिसाबले सम्पन्न भएको पनि बताए ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष माधवराज वाग्ले, प्रा.डा. खगेन्द्र आचार्य, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेशकुमार मास्के, भानुकला केन्द्रकी अध्यक्ष माया पौडेल, पूर्ववडाध्यक्ष विश्वमोहन थापा, युवा सामाजिक अभियन्ताहरू अम्लेश कर्ण, उत्तम ढुंगेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

साभार: उद्घोष दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्