नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सुरु

<span class='c1'>नेपाल टेलिकमद्वारा ‘एनटी</span> <span class='c2'>च्याटबोट’ सेवा सुरु</span>

नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । उक्त सेवामार्फत सेवाग्राहीले वेभसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सक्ने टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले बताए।

टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरिएको लोहियाले जानकारी दिए।

च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अङ्ग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न समेत सकिनेछ । कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो गर्न एनटी च्याटबोटको माध्यमबाट सकिने व्यवस्था समेत गरिएको छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था समेत टेलिकमले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्