महानगरको ‘विपद पोर्टल’ सार्वजनिक ,पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश

महानगरको ‘विपद पोर्टल’ सार्वजनिक ,पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ ।

विराटनगर महानगरपालिकाले बुधबार महानगरमा एक कार्यक्रम आयोजना गरि उक्त पोर्टल संचालनमा ल्याएको हो ।
गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरेका थिए । महानगरले सार्वजनिक गरेको पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश गरिएको छ । विराटनगर महानगरपालिका भित्र घटेको विपदका घटनाहरूको साथै अस्पताल, शैक्षिक संघसंस्थाहरुको पनि अभिलेखकरण गरेर राखेको छ । विपद व्यवस्थापन सम्बन्धी कुनैपनि सूचना आवश्यक परेमा  biratnagarmun.bipadportal.gov.np   गएर हेर्न सकिनेछ ।


यस पोर्टलको लागि महानगरपालिकाले अर्चना कर्णलाई फोकल पर्सन तोकेको छ । विपद पोर्टलले दिएको सूचनाको माध्यमबाट सहज रुपमा सूचना लिन र रणनीति योजना बनाउन सहज हुने विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्