युवा माझ उद्धमशिलता अन्तरकृया सम्पन्न

<span class='c1'>युवा माझ उद्धमशिलता</span> <span class='c2'>अन्तरकृया सम्पन्न</span>

बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरि गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवकबजगाईंले जानकारी दिनु भयो ।

अन्तरक्रियामा गाउँपालिकाका अध्यक्ष बाल चन्द माझि उपाध्यक्ष अमृता गच्छदार प्रमुख प्रशासकिय अधिकृत डम्मरु बल्लभ बराल , गरिमा बिकास बैक का शाखा प्रमुख सुवास बस्नेत बुढीगङ्गा रोजगार केन्द्र प्रमुख संगीता घिमिरे लगायतको सहभागिता रहेको थियो ।

अन्तरकृया कार्यक्रममा आफ्ना बिचार राख्दै प्रमुख प्रशासकिय अधिकृत दाहालले आफ्ना गाउँपालिकामा भएका युवा महिला तथा बेरोजगार हरुको बिचार बुझेर उनिहरुलाइ सिपमुलक बनाइ आयआर्जन गर्न सघाउ पुर्याउने उद्धेश्यले अन्तर्कृया कार्यक्रम को आयोजना गरिएको बताउनु भयो   । बिदेश जानेलाइ सिप बिकास तालिम स्वदेशमै उद्धमशिलता गर्न चाहनेलाई सोहि अनुसारको तालिम,गाउँपालिकाका कृषि उपज उत्पादन लाइ बजार को ब्यबस्थापनका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको जानकारि दिनु भयो ।

त्यस्तै उपप्रमुख  अमृता गच्छदारले सामुहिक रुपमा खेति तथा अन्य ब्यबसाय संचालन गर्न सके त्यसले धेरै जनतालाई अर्थ उपार्जन मा सघाउ पुर्याउने र सोका लागि तालिम को ब्यबस्था गर्न गाउँपालिका तयार रहेको बताउनु भयो ।

गाउँपालिका अध्यक्ष बाल चन्द माझि ले स्थानिय सरकार भएको नाता ले स्थानिय जनता को गुनासो को ब्यबस्थापन गर्न आफु सदैब लागेको र यो कार्यक्रम त्यसैको उपज भएको जानकारि दिनु भयो । युवाहरु लाइ सिप मुलक तालिम दिन गाउँपालिका तयार रहेको र सहभागिहरुको आसा लाइ गाउँपालिकाले बिश्वासमा बदल्ने बताउनु भयो ।
सहभागि बाट प्राप्त सुझाव लाइ गाउ पालिका ले आत्मसात गर्दै नया नया रोजगारि को सृजना मा लाग्ने , स्थानिय स्तरमा रहेका उधोगलाइ यहि का जनशक्ति लाइ जागिर मा राख्न आग्रह गर्ने , गाउँपालिकाको उत्पादनलाई बजारिकरण गर्ने युवाहरुमा उधमशिलताको बिकास गर्ने कार्य मा गाउँपालिका सदैब जनता को साथ रहेको उदघोष गर्नु भयो ।
त्यस्तै गरिमा बिकास बैक का शाखा प्रमुख सुवास बस्नेत ले गाउँपालिका संगको सहकार्य मा बैंकहरु काम गर्न उत्सुक रहेको बताउनु भयो ।

संस्थाका अध्यक्ष बजगाइ ले  स्किल डेभलपमेन्ट सोसाइटी को मुख्य उदेश्य नै युवाहरुलाइ स्वरोजगार बनाउन का लागि बिभिन्न तालिम लगायत का काम गर्दै अघि बढेको जानकारि गराउनु भयो ।

कार्यक्रममा सहभागि युवाहरुले आफुहरु लाइ तालिम दिएर दक्ष बनाए आफु आफ्नै गाउ टोल मा बसेर काम गर्न तयार रहेको , गाउ पालिका ले स्थानिय उधोगले स्थानिय ब्यक्ति हरु लाइ काम मा राखे नराखेको अनुगमन गर्नु पर्ने , कृषक का उत्पादन लाइ बजार दिनु पर्ने , युवा का कार्यक्रम लाइ गाउ पालिका ले स्थान दिनु पर्ने , गाबिस ले बैकहरु सग सहकार्य गरि अनुदान मा रिन ब्यबस्था गर्नु पर्ने , भुमि युवा र बजार लाइ एकीकृत गरि अघि बढेमा आफु हरु लाइ धेरै सहयोग पुग्ने बिचार ब्यक्त गरेका थिए ।

टंकी जेसिज को सभाहल मा सम्पन्न कार्यक्रममा करिब १६५ जना को सहभागिता रहेको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्