भागरथीको हत्यारा पक्राउ परे, जहादाकी १४ बर्षिया बालिका करणीमा संलग्न भने अझै पक्राउ पर्न सकेनन्

भागरथीको हत्यारा पक्राउ परे, जहादाकी १४ बर्षिया बालिका करणीमा संलग्न भने अझै पक्राउ पर्न सकेनन्

प्रेम देवान
विराटनगर । पछिल्लो समय निकै चर्चाको विषय रहेको थियो बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या । घटना भएको केहीदिन मै प्रहरीले गहिरो अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता भएका सोही विद्यालयमा पढ्ने दिनेश भट्ट भएको पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरिसेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताएका छन् ।
घटना गत माघ २६ गते सोमबार रातीको हो । मोरङको जहदा गाँउपालकिा वाड न १ र विराटनगर महानगरपालीका १८ को सिमामा पर्ने राजवंशी टोलकी एक किशोरी पिसाब फेर्न बाहिर निस्कदा २ जना युवकले अपहरण शैलीमा मोटरसाईकलमा बसाएर एकान्त ठाँउमा लगेर बलात्कार गरेका थिए ।

घटनामा संलग्नको पहिचान भईसकेता पनि प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै विभिन्न सामाजिक संघ सस्थाहरुले बलात्कारीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाहीको दायरामा ल्यान मागे राख्दै आएका छन् ।
पिडितको घर छेउ कै २ युवाहरु घटनामा संग्लनता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर दुवै जना युवाहरु भने भारत तर्फ भागेको हुन सक्ने मोरङ प्रहरीको अनुसन्धानले देखाएको छ । घटनामा संग्लन आशंका गरिएका जहदा गाँउपालीका वडा नम्बर १ लङका टोल बस्ने २२ बर्षिय जितेश कुमार यादव र सोही ठाँउका २१ बर्षिय अजय वैठा माथी पिडित परिवारले किटानी जाहेरी दिईसकेका छन् । जाहेरी पर्न साथ मोरङ प्रहरीले उनीहरु दवैको खोजी कार्यलाई यतिवेला तिव्र पारेको छ ।

१४ बर्षिया बालिकालाई अपहरण पछि मकैबारीमा लगेर बलात्कार गर्ने २ जना युवाको खोजीकार्यको लागी मोरङ प्रहरीले प्रहरी निरीक्षक सहित ७ जना प्रहरीलाई घटनाको अनुसन्धन गर्नको लागी छुटै टिम बनाएको छ ।
घटनाको भएको भोलीपल्टैदेखी नै लागी परेको मोरङ प्रहरीले घटनामा संग्लनहरुको खोजीकार्यलाई तिव्र अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जाकनारी दिनुभयो । ‘घटनाबारे प्रहरीलाई अलिक ढिलो सुचना आयो एसपी खड्काले भन्नुभयो,‘तर पनि हामीले कुनै कसुर नराखी सुक्षमरुपमा अनुसन्धानलाई अगाडी बढाईरहेका छौ ।’ घटना स्थल नजिकै खुला बोर्डर भएका कारण घटनामा संग्लनहरु भारततर्फ नै फरार भएको हुन सक्ने एसपी खड्काले बताउनुभयो । यता पिडित बालिका भने माईती नेपालको सरणमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्